गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै - नेपाल वायुसेवा निगमले जापान उडानमा सुरुमा यात्रु पाउन अप्ठेरो भए पनि बिस्तारै अवस्था सुधार हुने जनाएको छ ।
१२ वर्षपछि बुुधबार निगमको जहाज ९९ सय जना यात्रु र अन्य सदस्य गरी १ सय ४६ जना यात्रु बोकेर जापानको ओसाका गएको थियो । २ सय ७४ सिटको जहाजमा जम्मा ९९ जना यात्रु हुँदा निगमले सञ्चालन खर्च उठाउन नसकेर घाटा ब्यहोर्ने चिन्ता रहेका बेला निगमले नियमित उडानको केही दिनपछि यात्रु पाउने दावी गरेको छ ।
जहाज जापान पुगेपछि खुसी व्यक्त गर्दै निगमका अध्यक्ष मदन खरेलले निगमले जापान उडानको वार्षिक ४३ हजार सिट क्षमता रहेकोमा वार्षिक ३५ हजार यात्रु बोक्ने गर्ने लक्ष्य लिएको बताउनुभयो । निगमले हप्ताको तिन दिन बिहीबार, शनिबार र मंगलबार ओसाकाको नियमित उडान गर्नेछ ।
हाललाई निगमले प्रवर्द्धनात्मक भाडादर दुईतर्फी ७२ हजार ८ सय र एकतर्फी ३७ हजार निर्धारण गरेको छ । नेपाल जापानको सिधा उडानलाई थप व्यावसायिक प्रवर्द्धन गर्न सेप्टेम्बर महिनाभर प्रत्येक उडानमा यात्रुहरुबीच गोलाप्रथा गराइने र एक जनालाई उपहार स्वरुप एक निःशुल्क नेपाल जापान उडानको टिकट दिइने निगमले जनाएको छ ।
निगमले आउँदाे पौषदेखि जापानको अर्को गन्तव्य टोकियोको नारिता विमानस्थलमा पनि उडान गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।