खोलाले बगाउँदा तिजमा छोरी लिन गएकी आमाकाे ज्यान गयाे

 भदौ १२, २०७६ बिहीबार १६:२५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप – तिज मनाउन माइत आउँदै गरेकी छोरीलाई बीच बाटोसम्म लिन गएकी ५६ वर्षीया राधिकादेवी कार्कीको बुधबार साँझ खोलाले बगाउँदा ज्यान गएको छ । 

उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ की ५६ वर्षीया राधिका कार्की सोलुखुम्बुको सगरडाँडाबाट माइत आउँदै गरेकी छोरीलाई बीच बाटोसम्म लिन जानु भएको थियो ।  लगातार वर्षाका कारण उहाँको घरभन्दा केही पर रहेको ठाडो खोलामा आएको बाढीले उहाँलाई बगाएको हो ।

छोरीले आमालाई पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन नसकेपछि घरमा खबर गर्नु भएको थियो । घरपरिवारका सदस्यहरुले पनि राधिका घरमा नफर्किएको बताएपछि गाउँलेहरु मिलेर राधिकाको खोजीमा जुटेका थिए ।

बिहीबार बिहान राधिकाको शव झण्डै ६५ मिटर तल खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिनुभयो ।

घटनापछि मुचुल्का तयार गर्न जिल्ला प्रहरी कार्यालय रामेछापवाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएको र शव पोस्र्टमर्टमका लागि छिमेकी जिल्ला दोलखाको जिरीतर्फ लगिने प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया