गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियो कन्फ्रेन्स मात्रै गरिएको तर क्याबिनेट बैठक नबसेको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय मागेर बोल्दै मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यहरुसँग गरेको भिडियो कन्फ्रेन्समा ‘हाई हेल्लो’ मात्रै गरिएको तर मन्त्रिपरिषद्को बैठक नै चाहिँ नबसेको स्पष्ट पार्नुभएको हो । उहाँले हुँदै नभएको विषयलाई अनावश्यक उचालेर देशको सार्वभौम सत्तामाथि नै सरकारले गडबडी नै गरेको छ कि भन्ने रुपमा भ्रम फैलाउने काम भएको भन्दै असन्तुष्टि जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘त्यो कानुनी छ किनभने मन्त्रिपरिषद्ले कार्यसम्पादनसम्बन्धी विषयमा भिडियो कन्फ्रेन्स गर्न पाउने कुरालाई स्वीकृत गरेको छ । तर हामीले क्याबिनेट बैठक भनेर भनेका पनि छैनौँ एजेण्डा पनि त्यहाँ कुनै थिएन र पास गरिएन । हामी अरु कुराहरुमा पनियसलाई पहिलो प्रयास हो, अभ्यास हो, हामी टेक्नोलोजीमा गर्न सक्छौँ भन्ने प्रमाणित भयो भनेका छौँ ।’
प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले ‘हेलो हाई’भन्नका लागि मात्रै भिडियो कन्फ्रेन्स गरिएको हो भने कार्यसम्पादन नियमावली किन संशोधन गरियो भनी प्रश्न गरेका थिए ।
जवाफमा मन्त्री बाँस्कोटाले भविष्यमा गर्नुपर्यो भने गर्न सकिन्छ भनेर कार्यसम्पादन नियमावली संशोधन गरिएकाले आवश्यक परे भिडियो कन्फ्रेन्समार्फत क्याबिनेट पनि बस्न सक्ने बताउनुभयो । विदेशमा जहाजबाट नै मन्त्रिपरिषद्का बैठक हुने गरेको भन्दै भिडियो कन्फ्रेन्सलाई सूचना चुहियो र गोपनीयता भंग भयो भनेर भन्न नमिल्ने तर्क उहाँले गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘बाँदरको मुटुको अपरेसन किन गरियो ? पहिले मान्छेमा किन गरिएन । किनभने मान्छेमा पनि आवश्यक परे गर्न सकिन्छ भनेर बाँदरको अपरेसन गरियो । त्यो सफल भएपछि मान्छेमा प्रयोग गरियो । त्यसैले भिडियो कन्फ्रेन्सबाट पनि बैठक गर्न सकिन्छ कि सकिँदैन भनेर प्रयोग गरियो । प्रयोगले सफल देखायो । क्याबिनेट होइन । हामी मन्त्रिपरिषद्का सदस्यहरु जम्मा भएर गरेको हो ।’
मन्त्रिपरिषद् कार्यसम्पादन नियमावली संशोधन गरेर सिंगापुरमा रहेका प्रधानमन्त्रीसँग भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद्को बैठक बसेको विषयलाई सत्तारुढ दलकै नेताहरुले पनि विरोध गर्दे आएका छन् । चौतर्फी विरोध हुँदै आएको यो बैठकलाई सरकारका प्रवक्ताले भने क्याबिनेट बैठक नै नभएको बताउनुभएको हो ।
सञ्चार मन्त्रीले मन्त्रिपरिषद् बैठक बसेको होइन भनेर स्पष्टीरकरण दिए पनि सिंगापुरमै रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने ट्वीटमार्फत पहिलो पटक सिंगापुरबाट टेलिप्रिजेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको भन्दै प्राविधिकलाई धन्यवाद दिनु भएको थियो ।
प्रधानमन्त्रीको ट्वीटमा लेखिएको छ, ‘प्रविधि र प्राविधिकलाई धन्यवाद दिन चाहन्छु। आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्समार्फत मन्त्रिपरिषदको बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरूलाई धन्यवाद ! प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरूलाई धन्यवाद ।’
— K P Sharma Oli (@kpsharmaoli) August 26, 2019
प्रधानमन्त्री ओलीले नै मन्त्रिपरिषद बैठक भनिरहँदा सञ्चार मन्त्री बाँस्कोटाको स्पष्टीकरण पत्याउने कि पत्याउने ?
याे पनि पढ्नुहाेस्
![]() |
मन्त्रिपरिषद् बैठकजस्तो संवेदनशील विषय भिडियो कन्फ्रेन्सबाट गरिनुलाई स्वीकार गर्न सकिदैँन : कांग्रेस प्रवक्ता शर्मा |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।