कुशे औँसीमा गोकर्णेश्वर नगरपालिकामा सार्वजनिक बिदा

 भदौ १३, २०७६ शुक्रबार ६:४३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गोकर्णेश्वर नगरपालिकाले कुशे औँसीको दिन अर्थात् शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । नगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गरी शुक्रबार सार्वजनिक बिदा दिन लागेको जनाएको हो । 

बुधबार बसेको २५ औँ नगर कार्यपालिकाको बैठकले कुशे औँसीको दिन शुक्रबार बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख सन्तोष चालिसेले जानकारी दिनुभयो । 

यो दिन गोकर्णेश्वर नगरपालिकाअन्तर्गत रहेका नगरपालिका, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक बिदा हुनेछ । कुशे औँसीको दिन गोकर्णमा ठूलो मेला लाग्ने भएकाले गोकर्णे औँसीसमेत भनिन्छ । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया