गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
मोरङ – बिहीबार मोरङ र सुनसरीलगायत पूर्वका केही जिल्लाबाट आकाशमा देखिएको सेतो चम्किलो बस्तु मौसमी बेलुन भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो) ले जनाएको छ ।
स्थानीय प्रत्यक्षदर्शीले दिएको जानकारीका आधारमा नेपालको पूर्वी आकाशमा देखिएको सेतो बस्तु मौसमी बेलुन नै भएको नासोका अध्यक्ष सुरेश भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो । यो बस्तु आकाशमा देखिएको समय, देखिएको प्रकृति, र त्यसको गतिका आधारमा मौसमी बेलुन भएको उहाँले बताउनुभयो ।
बिहीबार स्थानीयले बताएको जानकारीका आधारमा अमेरिकी अर्थ अब्जर्भेसन स्याटेलाइट हुन सक्ने अनुमान गरिए पनि पूर्वका धेरै ठाउँबाट देखिएकाले त्यो बस्तु मौसमी बेलुन नै भएको भट्टराईले जानकारी दिनुभयो ।
त्यो बेलुन हरेक दिन र्कीतिपुरबाट उडाइने मौसमी बेलुनजस्तै प्रकृतिको भएको पनि उहाँले बताउनुभयो । भट्टराईले भन्नुभयो, ‘स्थानीयले पठाएको तस्बिर र भिडियो र उहाँहरुले दिएको जानकारीअनुसार यो मौसमी बेलुन नै हो । यो हाई अल्टिच्यूड बेलुन हो । यस्तो बेलुन प्रायः मौसम पूर्वानुमानका लागि नै प्रयोग गरिन्छ ।’
यो बेलुन कसले उडायो भन्ने आधिकारिक जानकारी भने आएको छैन । विराटनगरको नजिक पर्ने बिहारको फारबिसगञ्जमा मौसम मापन गर्ने स्टेसन रहेकाले त्यहीँबाट उडाइएको हो कि भन्ने आशंका गरिएको छ । भट्टराईले फारबिसगञ्जका मौसमविदसँग बुझ्ने प्रयास भैरहेको बताउनुभयो ।
बिहीबार मोरङ, सुनसरी लगायतका पूर्वका केही जिल्लाबाट दिउँसै ताराजस्तो दृश्य देखिएको थियो । पहिला यस्तो बस्तु मोरङको सुनवर्शी तथा रंगेलीका स्थानीयले देखेर फोटोहरु सार्वजनिक गरेका थिए ।
सुनवर्शी नगरपालिकाकी उपमेयर मञ्जुकुमारी राईले सीएफएल बल्बजस्तो चम्किलो बस्तु आकाशमा देखिएको उज्यालोसँगको कुराकानीमा बताउनुभयो । आकाशमा टलक्क टल्किएको बस्तु देखिएपछि सबैले अचम्म मान्दै तस्बिर खिचेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।