गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – एनसेलसम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलाबारे प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले चासो देखाएको छ ।
शुक्रबार बसेको समितिको बैठकमा सर्वोच्च अदालतले गरेको फैसला यसअघि भएको आदेश र विभिन्न समितिले दिएको निर्देशनलाई खण्डित गर्ने गरी भएको भन्दै संसदहरुले फैसलाको अध्ययन गर्नु पर्ने धारणा राख्नु भएको छ । समितिमा समय मागेर बोल्दै सांसद सञ्जयकुमार गौतमले नेपाल सरकारअन्तर्गतको कर निर्धारण गरी अशुलउपर गर्ने निकायले गरेको निर्णयविपरीत सर्वोच्च अदालतको फैसला आउनु आश्चर्य भएको बताउनुभयो ।
यस्तै अर्का सांसद देवप्रसाद गुरुङले सर्वोच्चको फैसलाले कतै गलत नजीर त बसाल्दैन भन्ने कुरामा ध्यान दिनु पर्ने बताउनुभयो । अदालतले गरेको फैसलालाई समितिमा कसरी छलफल गर्न सकिन्छ कि सकिँदैन भनेर जिज्ञासा राख्नुभयो ।
समितिका सभापति कृष्णभक्त पोखरेलले समितिमा सांसदहरुले एनसेलको विषयमा भएको फैसलाबारे समितिमा छलफल हुनुपर्ने धारणा मनासिव भएको भन्दै छलफल हुनसक्ने बताउनुभयो ।
सार्वजनिक सरोकारको विषयमा समितिले आफ्नो दृष्टिकोण दिन सक्ने भन्दै सभापति पोखरेलले अदालतले गरेको फैसलाबारे अध्ययन हुँदा अदालत झनै बलियो हुने न्याय सम्पादन राम्रो हुने बताउनुभयो । समितिले न्याय सम्पादन भएको नभएको हेर्न सक्छ निर्देशन नै दिनु पर्छ भन्ने छैन भन्दै फैसला अध्ययन गर्न सकिने बताउनुभयो ।
सर्वोच्च अदालतले भदौ ९ गते एनसेलले तिर्नुपर्ने भनी ठूला करदाता कार्यालयले निर्धारण गरेको करलाई बदर गर्दै पुनः कर निर्धारण गर्नुपर्ने फैसला गरेको छ ।
यस फैसलाले नेपाल सरकारले एनसेलबाट पूँजीगत लाभकरबापत पाउन सक्ने ६२ अर्ब ६३ करोड रुपैयाँ गुमेको विश्लेषण हुँदै आएको छ । यता सर्वोच्च अदालतले गरेको फैसला संसदको कुनै पनि बैठक अथवा समितिमा छलफल नहुने व्यवस्था पनि छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।