गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै - सांसद गगन थापासहित काठमाण्डौ क्षेत्र नम्बर-४ का स्थानीय जनताले सडक विभागको कार्यालयमा धर्ना दिएका छन् ।
ठेक्का लागेको ९ वर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा स्थानीयले सडक विभागको कार्यालय चाकुपाटमा धर्ना दिएका हुन् । काठमाण्डौ क्षेत्र नम्बर-४ अन्तरगत कपन र बुढानीलकण्ठ क्षेत्रमा १२ ओटा सडकको ठेक्का लिएको शैलुङ कन्ट्रक्सन लगायतका निर्माण कम्पनीविरुद्ध त्यहाँका स्थानीयले धर्ना दिएका हुन् ।
चाबहिल, कपनलगायत काठमाण्डाै क्षेत्र नम्बर-४ का सडक लगायतका अन्य कतिपय सडक निर्माणको म्याद वैशाखमै सकिएको छ ।
सडकको काम २० प्रतिशतभन्दा कम मात्रै भएको र फेरि पुरानै कम्पनीलाई २ वर्षको म्याद थप गरी ठेक्का दिन लागिएको भन्दै स्थानीयले विरोध गरेका हुन् । नेपाली कांग्रेसका सांसद गगन थापाको नेतृत्वमा त्यहाँका उपभोक्ता र स्थानीय सरोकारवालाले सडक निर्माणमा देखिएको ढिलाइ अन्त्य नहुँदासम्म धर्ना गर्ने चेतावनी दिएका छन् ।
सांसद थापाले आफूहरुको अनुरोधलाई बेवास्ता गरेको सडक विभाग र मन्त्रालयविरुद्ध सडक संघर्षलाई सिंंहदरबार भित्र लाने चेतावनी दिनुभयो ।
काठमाण्डौ क्षेत्र नम्बर-४ भित्र दर्जनभन्दा बढी सडक निर्माणाधीन छन् जसमध्ये अधिकांश सडकको ठेक्का शैलुङ कन्ट्रक्सन कम्पनीले पाएको छ । शैलुङ कन्ट्रक्सनले भक्तपुर नगरकोट सडक अलपत्र परेको भन्दै स्थानीय आन्दोलनमा छन् भने संसद्को विकाश समितिले अनुगमन गरेर निर्माण सम्पन्न गर्न सचेत गराएको छ ।
चाबहिल, जोरपाटी सडक खण्डको बाँकी काम सम्पन्न गर्न पुन बोलपत्र आह्वान गरिएको छ । यही निर्माण कम्पनीले कपन क्षेत्रको खानेपानीसम्बन्धी निर्माणको ठेक्का पनि भर्खरै पाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।