नेकपाको आन्तरिक सर्कुलर: पार्टीको नीति र नेतृत्वविरुद्ध लेख्ने, बोल्नेलाई कारबाही

 भदौ १३, २०७६ शुक्रबार १७:३८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको नीति र नेतृत्वविरुद्ध लेख्ने, बोल्नेलाई कारबाही गर्ने चेतावनीसहितको आन्तरिक सर्कुलर जारी गरेको छ । 

उसले पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्था बमोजिम आफ्ना कुरा राख्नु पर्ने तर सार्वजनिक रुपमा विरोध गर्न भने बन्देज गरेको हो । 

अन्तरपार्टी निर्देशन जारी गर्दै नेकपाले अन्तरपार्टी जनवादको भरपुर उपभोग गर्न र पार्टीको नीति एवं नेतृत्वको सम्बन्धमा सार्वजनिक रुपमा विरोध वा आलोचना नगर्न निर्देशित गरेको हो । 

पार्टीको नीति एवं नेतृत्वका विरुद्धमा लेख्ने, बोल्न वा गतिविधि गर्नेहरूप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अघि बढाउने अन्तरपार्टी निर्देशनमा उल्लेख छ ।  

यस्तै पार्टी एकीकरणको कामले बढी नै समय लिएको भए पनि सहमति र समझदारीका साथ एकताको काम अन्तिम चरणमा आइपुगेको भन्दै उसले यथासक्य चाँडो पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आयोजना गरेर बाँकी कामलाई पूर्णता दिने पनि जनाएको छ । यस्तै नेकपाले अब नेता कार्यकर्ता तथा आम जनसमुदायलाई जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने पनि जनाएको छ ।

अन्तरपार्टी निर्देशन अध्यक्ष पुष्पकमल दाहाल मात्रैको हस्ताक्षरमा जारी गरिएको छ । यसअघि हरेक पत्र दुवै अध्यक्षको हस्ताक्षर हुने गरेको थियो । साथै अन्तरपार्टी निर्देशनमा सिंगापुरमा उपचाररत प्रधानमन्त्रीसमेत रहनुभएका पार्टीका अर्का अध्यक्ष केपी ओलीको स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।  

यस्ताे छ नेकपाकाे आन्तरिक सर्कुलर

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया