अनेरास्ववियूको केन्द्रीय कमिटी ३ सय ३५ सदस्यीय बन्ने

 भदौ १४, २०७६ शनिबार ९:१२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूको केन्द्रीय कमिटी ३ सय ३५ सदस्यीय बन्ने भएको छ ।

एकतापछि २ सय ५१ सदस्यीय बनाउने निर्णय गरिएको केन्द्रीय कमिटी ३ सय ३५ सदस्यीय बनाउने निर्णय गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । शुक्रबार बसेको बैठकले तत्कालीन एमाले निकट अनेरास्ववियूबाट १ सय ८० जना र माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीबाट १ सय ५५ जना गरी ३ सय ३५ सदस्यीय केन्द्रिय कमिटी बनाउने निर्णय गरेको हो ।

साथै एकतापछि संगठनको नेपाली नाम ‘अनेरास्ववियू’ रहने सहमति भएको छ । अंग्रेजी नाम अहिलेलाई ‘अल नेपाल नेसनल इन्डिपेन्डेन्ट स्टुडेन्ट्स युनियन’ राखिए पनि महाधिवेशनमा छलफल गरिने बस्नेतले जानकारी दिनुभयो ।

बैठकले भदौ मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउने निर्णय गर्दै एकताको बाँकी काम सक्न तीनवटा समिति पनि गठन गरिएको नेता बस्नेतले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया