'संविधान दिवस' को अवसरमा चिडियाखाना प्रवेशमा विशेष छुट

 भदौ १४, २०७६ शनिबार ११:१९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – 'संविधान दिवस' को अवसरमा सदर चिडियाखाना जावलाखेलले छुट दिने भएको छ ।

चिडियाखाना प्रवेश गर्न १ सय ५० रुपैयाँ लिने गरिएकोमा 'संविधान दिवस' को अवसर पारेर असोज २, ३ र ४ गते ५० रुपैयाँ मात्र तिरेर अवलोकन गर्न पाइने राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।

यो अवधिमा १२ वर्षभन्दा कम उमेरका बालबालिकाले निःशुल्क चिडियाखानाको अवलोकन गर्न पाउने छन् ।

कोषले संविधान दिवसका अवसरमा पहिलोपटक छुट दिने लागेको हो । सरकारले असोज ३ गतेलाई 'राष्ट्रिय दिवस' तथा 'संविधान दिवस' का रुपमा भव्यताका साथ मनाउन आग्रह गरेकाले त्यसलाई सफल बनाउन छुट गरिएको कोषले जनाएको छ । 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया