गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
सुर्खेत – सुर्खेतको कटुवा जंगलमा छोडिएका गाईलाई नेपालगञ्ज फिर्ता लैजान थालिएको छ ।
अहिलेसम्म १ सय भन्दा धेरै गाईलाई नेपालगञ्ज पठाइसकिएको प्रहरीले जनाएको छ । दैलेख लैजान भनी नेपालगञ्जबाट लगिएका गाई सुर्खेतको जंगलमा छाड्दा भिरबाट लडेर २५ वटा गाई मरेपछि बाँकी गाईलाई नेपालगञ्ज नै फिर्ता पठाउन थालिएको प्रहरीले जनाएको हो ।
जम्मा १ सय ५० वटा गाई भेटिएको र घाइते केही गाईको उपचार पनि भइरहेको प्रहरीले जनाएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कटुवा जंगलमा शुक्रबार मृत भेटिएका १६ र शुक्रबार भेरीगंगा नगरपालिकामा भेटिएका ९ वटा गरी मर्ने गाईको सख्या २५ पुगेको हो ।
एउटै ट्रकमा ३८ वटासम्म गाई कोचेर लगिएको र गाई मर्न थालेपछि बीचबीचमा झारेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । यसबारेमा ५ जना ट्रक चालकलाई पक्राउ गरी अनुसन्धान थालिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।