दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन किसानहरुको माग

 भदौ १४, २०७६ शनिबार २०:३०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दूध उत्पादक किसानहरुले तत्काल दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालले पत्रकार सम्मेलन गर्दै सरकारसँग यस्तो माग गरेको हो ।

गएको तीन वर्षदेखि सरकारले दूधको मूल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै समाजले तत्काल मूल्य बढाउन माग गरेको हो । उत्पादन लागतमा गएको तीन वर्षयता ३० प्रतिशतभन्दा बढी मूल्य वृद्धि भएको जनाउँदै उनीहरुले दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाउनु पर्ने माग राखेका हुन् ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष आनन्द निउरेले किसानको उत्पादनबिना मानव जीवन सम्भव नरहेको बताउँदै नेपालका कृषकहरु राज्यबाट संसारमै सबैभन्दा बढी पीडित रहेको आरोप लगाउनु भयो । उहाँले भारतमा महात्मा गान्धीले जनतालाई आफूले भात खाने थाल हातमा समातेर बिहान उज्यालो भएदेखि बेलुकासम्म चम्चाले ठटाइ विरोध जनाउन अनुरोध गरेको र त्यही विरोधले भारतबाट ब्रिटिशहरु लज्जित भएर भारत छोडेको इतिहास पनि सुनाउनु भयो । 

नेपालका ६५ प्रतिशत किसानले त्यस्तै अनुशासित आन्दोलन सुरु गरे भने सरकार सात दिनमात्र टिक्ने उहाँले दावी गर्नुभयो । 

नयाँ मूल्य निर्धारण नगरिए यो क्षेत्रका १० लाख किसानको प्रत्यक्ष रोजगारी गुम्ने र खरबौँ रुपैयाँका गाई, भैँसी नाशिने र राज्यको व्यापार घाटा बढ्ने समाजको ठहर छ । नेपालको अस्तित्व नै संकटमा पर्नेबारे पनि समाजले सचेत गराएको छ । 

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया