पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गयो

 भदौ १५, २०७६ आइतबार ८:३४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर – भोजपुरको साल्पासिलिछो गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । 

अलैँची गोडेर घर फर्कने क्रममा बाटोमा झरेको पहिरोमा पुरिँदा थुम्लुङ्गका ५९ वर्षीय मानबहादुर विष्टको ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिबार फोक्टेबाट भन्ने ठाउँबाट अलैँली गोडेर घर फर्कने क्रममा बाटोमा झरेको पहिरोमा पुरिँदा विष्टको टाउकोमा चोट लागेको थियो । गम्भीर घाइते भएका विष्टको घर पुर्‍याएपछि ज्यान गएको हो ।

पहिरोमा अन्य तीन जना सामान्य घाइते भएका छन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया