गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबार रातिदेखि सात घण्टा बन्द हुने भएको छ ।
धावनमार्गलगायतको स्तरोन्नतिका लागि हरेक राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द गरिने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
विमानस्थल स्तरोन्नतिको काम पुस १५ गतेसम्म चल्ने उहाँले बताउनुभयो । दोस्रो चरणमा धावनमार्गको मध्य रेखामा बत्ती राख्ने, ट्याक्सी–वे, एप्रोन र धावनमार्ग जोड्ने लिंक रोड, धावनमार्गसँग जोडिएका ढल मर्मत आदि काम हुनेछ ।
विमानस्थल बन्द हुँदा पहिलाजस्तो उडान प्रभावित नहुने विमानस्थल कार्यालयले जनाएको छ । अहिले विमानस्थलमा आन्तरिक र बाह्य गरी दैनिक ४ सय उडान तथा अवतरण हुने गरेका छन् । नयाँ स्वरुपको धावनमार्ग सञ्चालनमा आएसँगै विमानस्थल २४ सै घण्टा सञ्चालन गर्न सकिने नागरिक उड्ययन प्राधिकरणको भनाइ छ ।
नयाँ धावनमार्ग निर्माणसँगै अहिलेको जस्तै अवस्थामा पनि २० वर्षसम्म २४ सै घण्टा विमानस्थल सञ्चालन गर्न सकिने महाप्रबन्धक क्षेत्रीले बताउनुभयो । यसअघि गएको चैत ११ देखि असार १६ गतेसम्म १० घण्टा आंशिक उडान बन्द गरेर पहिलो चरणको धावनमार्गको कालोपत्रे फेरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।