गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – सत्तारुढ दलकै सांसदहरुले डेंगु रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजनासमेत तय गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधिसभाका सांसदद्वय जीवनराम श्रेष्ठ र अञ्जना विशंखेले डेंगु रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजनासमेत ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभएको हो ।
आइतबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै सांसद श्रेष्ठले विश्वमै महामारीको रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना बनाउन नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले लामखुट्टे नियन्त्रण गरेर डेंगु रोग लाग्न नदिन किन गम्भीर नभएको ? भनेर सरकारलाई प्रश्न पनि गर्नुभयो ।
नेकपाकै अर्की सांसद विशंखेले पनि डेंगु रोग लाग्न नदिन सरकारलाई सचेत गराउनु भयो । उहाँले डेंगुबाट बच्न सञ्चार माध्यमबाट सर्वसाधारणको जानकारीका लागि विज्ञापनसहितको जनचेतनामूलक कार्यक्रम प्रचार तथा प्रसार गर्न ढिलाइ नगर्न पनि सरकारको गराउनु भयो ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले डेंगु रोग नियन्त्रणका लागि सरकार गम्भीर नभएको आरोप लगाउनु भयो । उहाँले डेंगु नियन्त्रणका लागि लामखुट्टे नियन्त्रणको काममा विशेष जोड दिन पनि सरकारलाई सचेत गराउनु भयो ।
बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले डेंगु नियन्त्रणका लागि सरकार गम्भीर भएर लागि परेको दावी गर्नु भएको थियो । उहाँले डेंगु नियन्त्रणका लागि बजेटको पनि अभाव रहेको बताउनु भयो ।
चिकित्सकहरुले नेपालमा पनि लामखुट्टेको नियन्त्रण गर्न नसके डेंगु रोगको महामारी फैल्न सक्ने चेतावनी दिँदै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।