प्रवासी नेपाली एकता मञ्च स्पेनकाे संयोजकमा हेम शेर्पा, सचिवमा न्यौपाने सर्वसम्मत

 भदौ १५, २०७६ आइतबार १६:४३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेन - नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता मञ्च स्पेनको संयोजकमा हेम शेर्पा चयन हुनुभएको छ । 

पूर्व एमाले र माओवादी केन्द्रबीच २०७४ जेठमा एकता घोषणा भए पनि स्पेनमा रहेको दुवै पार्टीसम्बद्ध भातृ संगठनले एकताको काम सकेका थिएनन् । दुवै पार्टीसम्बद्ध प्रवासी संगठनको एकतापछि बनेको संगठनको नाम प्रवासी नेपाली एकता मञ्च भएको छ । 

शेर्पा संयोजक रहेको प्रवासी नेपाली एकता मञ्चको सचिवमा अशोक किरण न्यौपाने हुनुहुन्छ । मञ्चको ३५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन भएको नेपाली जनप्रगतिशिल मञ्चका पुर्व युरोप महासचिव गंगा भुषालले जानकारी दिनुभयो । 

संयाेजकमा पूर्व एमाले र सचिवमा पूर्व माओवादी केन्द्रले भागबण्डा गरेकाे हाे । एकतापछि संयाेजक शेर्पाले प्रवासमा रहेका नेपालीको हितमा संस्थाले जिम्मेवार भएर काम गर्ने बताउनुभयो ।

पूर्व माओवादीसम्बद्ध नेपाली प्रगतिशील मञ्चका तत्कालीन अध्यक्ष अर्जुन आचार्यलाई युरोप कमिटिमा पठाउने सहमतिपछि मञ्चको संयोजकमा पूर्व एमालेका शेर्पालाई चयन गरिएको हो ।  
 

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया