दशैँकाे उपलक्ष्यमा आईएमईकाे  ‘डबलको डबलको डबल’ अफर सार्वजनिक

 भदौ १५, २०७६ आइतबार १९:१९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमईले दशैँकाे उपलक्ष्यमा ‘डबलको डबलको डबल’ अफर सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको याे अफर भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म ७७ दिन चल्ने कम्पनीले जनाएकाे छ । 
अफर अनुसार हरेक दिन आईएमई पे मार्फत पैसा पठाउने भाग्यशाली सेवाग्राहीहरुलाई आईएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई जना ग्राहकलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जनालाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।

कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै आईएमईले ल्याउने याेजनामा सेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको बताउँदै यस वर्ष त्यो सहभागिता झनै बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

आईएमईका ब्राण्ड एम्बेस्डर दीपकराज गिरिले आईएमई र आईएमईका सेवाग्राहीबीचको प्रगाढ सम्बन्धले नै आईएमईलाई एक सफल व्यवसायिक ब्राण्ड बनाएको उल्लेख गर्दै यो दशैँमा आईएमईले ल्याएको खुसीलाई डबलको डबलको डबल गरौँ याेजना त्यस सम्बन्धलाई थप प्रगाढ बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो । 

विजेता छनौटका प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ भने योजना अवधिमा स्वदेश तथा विदेशबाट पैसा पठाउने सवै सेवाग्राहीहरू स्वत सहभागी बन्ने बताइएकाे छ । सेवाग्राहीहरुले आईएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल प्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ ।

योजनाको अध्यावधिक जानकारी कम्पनीकाे आधिकारिक वेब पेज, सामाजिक सञ्जाल पेज, आमसञ्चार माध्यम, सहकार्यमा रहेका व्यावसायिक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय मार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएकाे छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया