रसुवागढी नाका जोड्ने सडक अझै खुलेन

 भदौ १६, २०७६ सोमबार ८:२२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – पहिरोको कारण आइतबार बिहानदेखि अवरुद्ध भएको रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्ड अझै खुल्न सकेको छैन । अविरल वर्षाका कारण जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–२ को विभिन्न क्षेत्रमा पहिरो झरेको थियो ।

तातोपानी क्षेत्रमा पहिरो पन्छाउने काम आइतबार सकिएको भएपनि कुलुङ्गु खोलामा झरेको पहिरो हटाउन नसकिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । यस क्षेत्रमा ठूलो पहिरो गएको कारण आइतबारको प्रयास असफल भएको हो ।

सडक खुलाउनका लागि सोमबार बिहानैदेखि रसुवागढी र लाङटाङ खोला जलविद्युत् आयोजना तथा सडक डिभजनले काम सुरु गरेका छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया