कैद सजाय सुनाइएका व्यक्तिलाई नियन्त्रणमा लिन बाँकेमा प्रहरीले गाेली चलायाे

 भदौ १६, २०७६ सोमबार १६:४६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – चोरी तथा डकैती मुद्दामा ६ वर्ष कैद सजाय सुनाइएका व्यक्तिलाई पक्राउ गर्ने क्रममा बाँकेको राँझामा प्रहरीले गोली चलाएको छ । 

विसं २०६८ सालमा चोरी तथा डकैती मुद्दामा ६ वर्ष कैद सजाय सुनाइएका बाँकेको बैजनाथ गाँउपालिका–४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा सोमबार दिउँसो प्रहरीले गोली चलाएको हो । 

खुट्टामा गोली लागेका न्यौपानेको कोहलपुर शिक्षण अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेम शाहीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज ६, २०७६

तपाईको प्रतिक्रिया