गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ– स्नेहाज केयर र नेपाल भेटेरीनरी एसोसियशनले सुर्खेतको जंगलमा गाईगोरु मारिएको र खोटाङमा सामुदायिक कुकुरहरुलाई सामूहिक रुपमा मारिएको घटनाको गम्भीर ध्यानाकर्षण गरेको छ ।
दिक्तेलस्थित् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामुदायिक कुकुरहरुलाई सामूहिक रुपमा बर्वरतापूर्वक मारिएको र नेपालगञ्जबाट दैलेख लैजाने भनी दैलेख पठाइएका गाईहरुलाई सुर्खेतको कटकुवा जंगलको भीरबाट खसालेर मारिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै स्नेहाज केयर र नेपाल भेटेरिनरी एसोसियशनले यस्तो ध्यानाकार्षण गराएका हुन् ।
संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एउटा सामान्य मानवीय धर्म र पशु कल्याणको आधारभूत मान्यताहरुलाई समेत बेवास्ता गर्दै एउटा जिम्मेवार सरकारी निकायले यतिसम्मको गैरजिम्मेवार निर्णय गर्नुले पशु कल्याणप्रतिको राज्यको दृष्टिकोण प्रस्ट पारेको छ । हामी यी दुवै घटनाको घोर भर्त्सना गर्दै दोषीमाथि कानुन बमोजिम हदैसम्मको कारबाहीको माग गर्दछौँ ।’
कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डाक्टर वंशी शर्माले आफूहरु अहिले ऐन, नियम र कानुन निर्माणको चरणमा रहेकोले पशु कल्याणको लागि अब सकारात्मक पहलकदमी लिइने बताउनु भयो । पछिल्लो समय पशुमाथि भएको निर्दयी र निर्मम घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘यो घटनामा संलग्न दोषीमाथि सरकारले कारबाही गर्नुपर्छ । हामी आफ्नो तर्फबाट दोषीलाई कारबाही गराउनको लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाउँछौँ ।’
त्यस्तै स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले खोटाङ र सुर्खेतमा भएका बेग्ला–बेग्लै घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्नुभयो । उहाँले नेपाल विश्व पशु स्वास्थ्य संगठनको सदस्य राष्ट्र भएर विश्व समुदायसँग गरेका प्रतिबद्धता तथा हस्ताक्षर गरिएका सम्झौताहरुको विपरीत हुनेगरी यस्ता गैरजिम्मेवार क्रियाकलापले राज्य संयन्त्रहरुको आपसी तालमेल कतिसम्म धराशयी छ भन्ने प्रष्ट पारेको बताउनु भयो ।
कार्यक्रममा कृषि तथा पशुपछी विकास मन्त्रालयका पूर्व सचिव डाक्टर कृष्णचन्द्र पौडेलले अहिले देखिएको समस्या प्रतिनिधि समस्या मात्रै भएकोले यसको दीर्घकालीन समाधानको बाटो खोज्न सुझाव दिनुभयो ।
त्यस्तै अधिवक्ता पदमबहादुर श्रेष्ठले नेपालमा पशु कल्याण सम्बन्धमा रहेका कानुनी व्यवस्था र प्रावधानहरु परिपालन हुनुपर्ने बताउनु भयो ।
‘एक्काइसौँ शताब्दीमा पनि ढुङ्गे युगको मानसिकता बोकेर हिँडिरहेका नीति निर्माताहरु तथा जिम्मेवार व्यक्तिहरुको प्रशंसाका लागि हामीसँग कुनै शब्द छैन । यी यावत समस्याहरु उनीहरुकै कारण त सिर्जना भएको हैन ? भन्ने प्रश्न आम जनमानसमा पैदा भइरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Nabin shrestha
Sept. 3, 2019, 1:48 a.m.कस्तो खाते व्यवहार ................
suresh bisunke
Sept. 2, 2019, 8:10 p.m.कार्वाही नै गर्ने भए खसी, बोका, राङा, कुखुरा मार्ने सब्बैलाइ कार्वाही गर्नु परो सरकार, पशु बिच पनि विभेद त गर्न भएन। नत्र केहि डलर बादिले भुकेर मात्र भएन, खुला छाडिएका भुस्याहा कुकुले टोकेर घाइते बनाउने, बाटोमा आउजाउ गर्न डराउनु पर्ने साथै बालिनालिमा समेत नोक्सान गर्ने सबैको जिम्मेवारी लिनु पर्यो।