गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – आईएमईले पर्व लक्षित दसैँमा ‘डबलको डबलको डबल अफर’ सार्वजनिक गरेको छ । २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म (सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९ सम्म) कायम हुनेगरी ७७ दिनका लागि सेवाग्राहीमुखी अफर काठमाण्डौमा आयोजित एक विशेष कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।
अफर अनुसार हरेक दिन आईएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आईएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।
अफर सार्वजनिक कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै आईएमईले ल्याउने स्कीममा आम सेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको बताउँदै यस वर्ष त्यो सहभागिता झनै बढ्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, आईएमईका ब्राण्ड एम्बासडर दीपक राज गिरीले आईएमई र आईएमईका सेवाग्राहीहरूबीचको प्रगाढ सम्बन्धले नै आईएमईलाई एक सफल व्यवसायिक ब्राण्ड बनाएको उल्लेख गर्दै यो दसैँमा आईएमईले ल्याएको खुशीलाई डबलको डबलको डबल गरौँ स्कीम त्यो सम्बन्धलाई थप प्रगाढ बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । योजना अवधिमा स्वदेश तथा विदेशबाट पैसा पठाउने सबै सेवाग्राहीहरू स्वत सहभागी बन्नुहुनेछ । आईएमईका संस्थापक, आईएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आईएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आईएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पानेछैनन् । सेवाग्राहीहरुले आईएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ ।
छनौटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्नुहुने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ । योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित हुनेछ । योजनाको अध्यावधिक जानकारी कम्पनीले संचालन गरेको आधिकारिक वेभ पेज, सामाजिक सञ्जाल पेज, आमसञ्चार माध्यम, सहकार्यमा रहेका व्यवसायिक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालयमार्फत सार्वजनिक गरिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।