साउन महिनाको व्यापार : १ खर्बको आयात हुँदा जम्मा ८ अर्बको निर्यात

 भदौ १७, २०७६ मंगलबार १२:१६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको आर्थिक वर्षमा १३ खर्ब २१ अर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको नेपालले चालु आर्थिक वर्षमा पनि ठूलो ब्यापार घाटा बेहोर्ने देखिएको छ  । आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमै व्यापार घाटा झण्डै १ खर्ब रुपैयाँ रहेको छ ।

साउन महिनामा नेपालले १ खर्ब ६ अर्ब ७२ करोड रुपैयाँ बराबरका वस्तु तथा सेवा आयात गरेकोमा जम्मा ८ अर्ब ७७ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ । यसरी हेर्दा पहिलो महिनामै नेपालको व्यापार घाटा ९७ अर्ब ९५ करोड २५ लाख रुपैयाँ पुगेको देखिन्छ ।

साउनमा भारतबाट ६७ अर्ब ८१ करोड रुपैयाँको सामान आयात भएको छ । यस्तै, चीनबाट १८ अर्ब ५३ करोड र इण्डोनेसियाबाट २ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको भन्सार विभागले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया