कृषि बीउबीजनहरुको उत्पादन नेपालमै गर्नुपर्छ: मन्त्री खनाल

 भदौ १७, २०७६ मंगलबार १३:२७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले किसानसँग जोडेर अनुसन्धानको कामलाई अघि बढाउन कृषि अनुसन्धान परिषदलाई निर्देशन दिनुभएको छ ।

मन्त्री खनालले जलवायु परिवर्तनले बीउबीजन र कृषि क्षेत्रको समग्र उत्पादनमा पारेको असरको लेखाजोखा गरिदिन पनि कृषि विज्ञहरुलाई आग्रह गर्नुभयो । उहाँले कृषि उत्पादन र त्यसको बीउबीजनको उत्पादन बढाउने गरी अनुसन्धानको कामलाई अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।

मंगलबारदेखि काठमाण्डौमा सुरु भएको अन्तर्राष्ट्रिय बीउ सम्मेलनको उद्घाटन गर्दै उहाँले कृषि उत्पादनमा बढावा दिनेगरी कृषि अनुसन्धान परिषदको कामको दायरालाई बढाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । मन्त्री खनालले मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्रको योगदानलाई फराकिलो बनाउँदै लैजान सरकारले जोड दिएको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री खनालले कृषि बीउबीजनहरुको उत्पादन नेपालमै गर्ने तर त्यसका लागि अन्य देशको आवश्यक प्रविधि तथा अनुसन्धानलाई भित्र्याउनुपर्ने आवश्यकता पनि औंँल्याउनु भयो । २ दिनसम्म चल्ने सम्मेलनमा कृषि बीउबीजनको उत्पादन बढाउने गरी विविध विषयमा छलफल हुने बताइएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • Rajani Kant Jha

    Sept. 3, 2019, 2:56 p.m.

    बालीको अवस्था यस्तो रहे पछि बीउ कसरी उत्पादन गर्ने ? सर्लही,हरिपुर न पा कार्ड -३ फरहदवा गाउँ भन्दा 300 मी दक्षिण । खेती पारिवारिक पेशा भएकोले बाल्यकाल देखि केही सिकेको छु। थोरै भए पनि उखु र धान खेती पनि गर्छु । खेतिमा मन पनि लाग्छ ।दुई चार जना सङ्ग भेट हुने , हाल वस्तु स्थिति अवगत हुने यसका फाइदा छन । असारको अन्तमा पानी पर्दा बीउ तयारी थिएन । त्यस पछि म लगायतका छिमेकी किसानले पानीको धेरै प्रतीक्षा गर्यौ । आखिर रोपाइँ हुने गरि एक महिना सम्म पानी परेन । अन्तमा साउन २९ मा ११ कठ्ठा जग्गामा रु . ५०००/- को पानी पम्पिङ्ग सेट बाट किनेर खेती गरियो। अन्य खर्च सबै गरि रु १६०००/- लगानी भयो। अरु किसानले पनि पानी किनेर रोपाइँ गरे । त्यस पछि पनि धानलाई चाहिने पानी परिरहेको छैन । धान जस्ताको त्यस्तै , एक बाट दुई धान भएन । एक तर्फ धान सुक्दै गएको छ , धाजा फाटेर खुट्टा नै भित्र जान सक्छ अर्को तर्फ भने झारपात भएर भएको धानलाई समाप्त गर्ने अवस्था आई सकेको छ । पानी नभए गोड्मेल पनि हुदैन ।अब पानी किन्ने साहस पुगिरहेको छैन ।कति पल्ट किन्नु ? धान भन्दा लगानी धेरै हुने भयो ।अरु किसानको पनि यस्तै समस्या छन । अनि नेपालीहरु खेती नगरी विदेश नलागे के गरून् ? समस्या हेर्दा व्यक्तिगत लाग्छ, तर यो सयकडौ किसान सङ्ग जोडिएको हो । लेख्नु किन पर्यो :- यो क्षेत्र बागमती सिचाइ आयोजनाको कमान्ड क्षेत्र भित्र पर्छ। नजिकै नहर पनि आइ पुगेको छ । तर केही अगाडि नहर मर्मत नगरी पानी सन्चालन हुने वाला छैन । मर्मतका लागि पनि विदेशी नै गुहार गर्नुपर्ने अवस्था छैन । मर्मत गरि दिन सम्बन्धित वडा कार्यालयको सिफारिस सहित ५० जना किसानको हस्ताक्षर युक्त निवेदन २०७५ फागुनमा ४९१ न मा आयोजना कार्यालयमा दर्ता पनि गराइएको हो । हेल्लो सरकारमा पनि निवेदन दिइएको हो । कार्वाही हुदैछ भनेर जवाफ प्राप्त भयो। पुन स्मरण पनि गराइयो । सिचाइ विभागमा पनि निवेदन सहित जानकारी गराइयो । पटक पटक कान्तिपुर दैनिकमा समाचार बाट पनि ध्यानाकर्षण गराईयो । तर परिणाम शून्य !तत्कालीन समयमा आयोजना प्रमुख विनय कुमार गामीको मोबाईल स्विछ अफ हुन्थ्यो । पछि सम्पर्क हुँदा निवेदन हेर्छु भने जवाफ पाइयो ।आशा थियो काम हुन्छ । तर सम्वेदना विहिन भएर बस्यो आयोजना । जनताले गर्ने कानुनी सबै प्रक्रिया अवलम्बन गरि सकियो । अब के उपाय छ , सरकार ? जनताका लागि काम गर्ने सरकारको कार्यालयको यस्तो रहेछ उत्तरदायित्व ? नेतालाई भक्ती गर्दा पुग्ने देशमा जनताको वास्ता यस्तै छ । नहर नआएको र कमान्ड क्षेत्र भित्र नपर्ने भए विकल्प खोजिन्थ्यो, खेती बदल्न सकिन्थ्यो। माग नगरेको भए आशा नै हुदैन्थ्यो । गणतन्त्र र लोकतान्त्रिक 2/3 को सरकारमा किसानको दुर्दशा ? तस्विरले वरिपरिका सबै धानको अवस्था यस्तै छ भन्ने प्रष्ट पारीरहेको छ । पीडित किसानहरुको अनुरोध र सल्लाहमा लेख्न बाध्य हुनु पर्यो । अन्तमा पहुँच हुने साथिले सम्बन्धित ठाउँमा पुर्याएर काम गराइदिनु भयो यहाका किसानहरु आभारी हुन्छ । नियम कानुन भन्दा भनसुन लाग्ने देश , विधि भन्दा व्यक्ति ठूलो हुने देश ।

  •  0 Reply

तपाईको प्रतिक्रिया