गृह मन्त्रालयले माग्यो झण्डै २ हजार कर्मचारी: १५ दिनभित्र दरखास्त दिइसक्नु पर्ने

 भदौ १७, २०७६ मंगलबार १३:३९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - गृह मन्त्रालयले देशैभरका स्थानीय तहका लागि दुई हजार जना कर्मचारी माग गरेको छ ।

गृह मन्त्रालयको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले एमआईएस अपरेटर (राजपत्र अनङ्कित प्रथम श्रेणी सरह) र फिल्ड सहायक पदमा कर्मचारी माग गरेको हो ।

एमआईएस अपरेटर (राजपत्र अनङ्कित प्रथम श्रेणी सरह) को पदमा ९ सय ९४ र फिल्ड सहायक पद (राजपत्र अनङ्कित द्वितीय श्रेणी) पदमा पनि ९ सय ९४ जना कर्मचारी आवश्यक परेको सूचनामा जनाइएको छ । 

इच्छुकहरूले अनलाइनबाटै दरखास्त पेश गर्नसक्ने पनि गृह मन्त्रालयले जनाएको छ । सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत देशैभरका ७ सय ५३ वटा स्थानीय तहमा रहने सेवा इकाइका लागि कर्मचारी माग गरिएको हो ।

एमआईएस अपरेटर र फिल्ड सहायक पदमा खुला प्रतिस्पर्धाबाट करारमा कर्मचारी छनौट गरिने पनि सूचनामा उल्लेख छ । दरखास्त आह्वान भएको १५ दिन भित्र अर्थात आउँदो भदौ ३१ गते भित्र फर्म बुझाइ सक्नुपर्ने समय दिइएको छ ।  

१८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन पाउँछन् । दश जाेड दुई र एसएलसी वा सो सरह उत्तीर्ण गरेकाले दरखास्त दिन पाउने सूचनामा उल्लेख छ ।

उम्मेदवारले दुई वटा पदमै दरखास्त दिन चाहने हो भने बेग्लाबेग्लै दरखास्त फारम भर्न पनि गृहले अनुरोध गरेको छ ।


 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • Ajay shrestha

    Sept. 5, 2019, 11:32 a.m.

    I'm intrested to participate plz contact mee.

  •  0 Reply
  • shanti sah

    Sept. 4, 2019, 2:23 p.m.

    I would like be participate in this job.

  •  0 Reply
  • Nischal Bhandari

    Sept. 3, 2019, 4:19 p.m.

    Dear Sir/Madam I would like to participate in this job because I have been facing alot of problems so due to involvement in this project I will be in my good condition so I hope you will inform be soon

  •  0 Reply

तपाईको प्रतिक्रिया