गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै - नेकपाका महासचिव विष्णु पौडेल मंगलबार सिंगापुर जानुभएकाे छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न उहाँ दिउँसो सवा एक बजे सिँगापुर लाग्नुभएको हो । महासचिव पौडेल प्रधानमन्त्रीसँगै आउँदो शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ । जाँदा जाँदै प्रधानमन्त्री ओलीकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे उहाँले बताउनुभयाे ।
गएको ५ गते उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओलीको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भैरहेको छ ।
प्रधानमन्त्री ओलीको सोमबार छैटौँ चरणको प्लाज्मा फेरेसिस गरिएको र बुधबार अन्तिम चरणको उपचार गरी शुक्रबार स्वदेश फर्किने कार्यतालिका रहेकाे उहाँको सचिवालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।