गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
ब्राजिलका स्टार फुटबलर नेयमार पूर्व क्लब बार्सिलोना फर्कन नसकेपछि पीएसजीसँग रुष्ट भएका छन् । यस बाहेक उनले आफू बार्सिलोना फर्कन असफल भएकोमा दुःख पनि व्यक्त गरेका छन् ।
पुरानै क्लब फर्कन चाहेका कारण बार्सिलोनाले नेयमारको लागि पीएसजीसामु पटकपटक प्रस्ताव राखेको थियो । तर पीएसजीले बार्सिलोनाको प्रत्येक प्रस्तावलाई अस्वीकार गर्दै आइरहेको थियो ।
सोमबारसम्म नेयमार बार्सिलोना फर्किने झिनो आशा रहे पनि सोमबार ट्रान्सफर विन्डो बन्द भएपछि नेयमार बार्सिलोना नआउने पक्का भएको हो । अब नेयमारले पीएसजीबाट बार्सिलोना वा अन्य क्लबमा जानका लागि २०२० सम्म कुर्नैपर्नेछ ।
बार्सिलोनाले नेयमारको लागि अन्तिम प्रस्तावको रुपमा १५० मिलियन पाउन्डका साथमा इभान राकिटिक, क्लेर टोडिबो र ओउस्मान डेम्बेलेलाई नेयमारसँग लोनमा साट्न प्रस्ताव गरेको थियो ।
तर पीएसजीले ट्रान्सफर विन्डो बन्द हुनु अघिसम्म प्रस्तावलाई स्वीकार नगरेकाले सम्झौता नभएको बताइएको छ । यस सँगै नेयमारले याे सिजन पीएसजीमै बिताउने पनि पक्का भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।