२ करोड खाताको  ६ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप सुरक्षण, ८ हजार ऋणी कालोसूचीमा

 भदौ १७, २०७६ मंगलबार १४:७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अहिलेसम्म ६ खर्ब ३८ अर्ब रुपैँयाको निक्षेप सुरक्षण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको गउको वर्षको आर्थिक तथा वित्तीय अवस्थामा ८५ वटा बैंक तथा वित्तीय संस्थामा २ करोड २१  लाख प्राकृतिक व्यक्तिका नाममा रहेको बचन, चल्ती, कल  र मुद्दती निक्षेपकको गरी ६ खर्ब ३ अर्ब ३८ करोड रुपैयाँ निक्षेपको सुरक्षण गरिएको जनाएको छ । २०७५ असार मसान्तमा १ करोड ९३ लाख निक्षेपकर्ताहरुको ४ खर्ब ३० अर्ब ७४ करोड बराबरको निक्षेप सुरक्षण गरिएको थियो ।

निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७६ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको २५ अर्ब ६६ करोड बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा सुरक्षण गरेको छ । २०७५ असारमसान्तमा १४ अर्ब ३५ करोड बराबरको यस्तो कर्जा सुरक्षण गरिएको थियो ।

८ हजार ऋणी कालोसूचीमा

बैंक तथा वित्तीय संस्थामा झण्डै १४ लाख ४० हजारको संख्या ऋण खाता रहेका छन् । १४ लाख ३९ हजार ६ सय ४८ ऋण खाता रहेको राष्ट्र बैंकले जारी गरेको गत वर्षको आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०७५/७६ मा २ हजार ८ सय ४२ ऋणी कालो सूचीमा परेका छन् । गएको वर्ष ६ सय २८ ऋणी कालोसूचीबाट हटेका तथ्याङकमा उल्लेख छ । असार मसान्तसम्ममा कालोसूचीमा रहेका ऋणीको संख्या ८ हजार ६ सय २० रहेको उल्लेख छ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया