गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
खोटाङ – भुस्याहा कुकुरलाई निर्ममतापूर्वक मारेको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयरसहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
भुस्याहा कुकुर नियन्त्रणमा लिने क्रममा निर्ममतापूर्वक चिरुवा दाउराले टाउकामा कुटेर मारेको भन्दै मेयर दिपनारायण रिजाल, दिक्तेलका खेलराज आचार्य र भोजपुर घर भइ हाल मेयर रिजालको घरमा बस्दै आएका श्रेष्ठ थरका एक जनाविरुद्ध मंगलबार उजुरी परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताउनुभयो ।
घरपालुवा तथा सामुदायिक पशु (कुकुर)लाई निर्ममतापूर्वक मारेको भन्दै खोटाङका बाजिन्द्र बिष्ट, स्नेहाज केयरका पशु प्राविधिक सुमनकुमार श्रेष्ठ र नेपाल भेटेनरी एसोसिएशनका डा. सिताराम यादवले उजुरी दिएका हुन् ।
चिरुवा दाउराले मुखमा, टाउकामा कुट्ने, झुण्ड्याउने र विषसमेत प्रयोग गरी सार्वजनिक स्थलमा कुकुरलाई मारेको तथा कतिपयलाई अचेत अवस्थामा खाल्डोमा पुरेकाले मुलुकी अपराध संहिता २०७४ परिच्छेद २७ पशुपक्षीसम्बन्धी कसुर बमोजिम अपराध भएकाले कानुनी कारबाहीका लागि उजुरी दिइएको जनाइएको छ ।
नगरपालिकाले भने भुस्याहा कुकुरलाई हैजा लागेर आफै मर्न थालेको र मरेका कुकुरलाई व्यवस्थापन गर्नेक्रममा बाटोमा एउटा कुकुरले जनावरलाई टोकेर भाग्दै गर्दा अरुलाई पनि टोक्ने सम्भावना भएकाले केही व्यक्तिले नियन्त्रण गर्ने क्रममा कुटपिट गरेर मारेको जनाएको छ ।
गएको शनिबार बिहान दिक्तेलको त्रिवेणी चोकमा भुस्याहा कुकुरलाई कुटेर मारिएको भिडियो फेसबुकमार्फत सार्वजनिक भएपछि स्नेहाज केयर र नेपाल भेटेनरी एसोसिएशनको टोली दिक्तेल आइपुगेको हो । टोलीले मंगलबार बिहान ६/७ वटा कुकुरको उपचार गरेर जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sagar Thapa Magar
Sept. 4, 2019, 9:18 a.m.I think it would be good if all those dogs are treated before Diktel guys do something about it ? I don't blame anyone for it, those guys are doing their job ( its cruel but it has to be done). Lets all be pratical about it and sort it out with proper measures.There won't be any fuss about it if it hadn't been uploaded, we all know this happens everywhere. Those guys who put blame, suggest what to do of all dogs scattered all over Nepal.No need of playing blame games.