गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
दाङ – दाङमा घर बनाउने क्रममा करेन्ट लागेर लमही नगरपालिका वडा नम्बर ६ देउपुरका ३० वर्षीय मजदुर जीवन चौधरीको ज्यान गएको छ ।
लमही नगरपालिका ६, देउपुरमा रहेको यनुकाकुमारी पुनको घर बनाउने क्रममा छतनजिकै रहेको नेपाल विद्युत्त प्राधिकरणको हाइटेन्सन लाइनको करेन्ट लागेर घर बनाउने काममा खटिएका मजदुर चौधरीको ज्यान गएको हो । घरमा प्लस्टर गर्ने क्रममा करेन्ट लाग्दा मजदुरकाे ज्यान गएको हो ।
चौधरीको शव अहिले लमही अस्पतालमा राखिएको लमही नगरपालिका वडा नम्बर ६ को वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाले जानकारी दिनुभयो ।
‘लापर्वाहीले ज्यान गयो’
चौधरीको नेपाल विद्युत प्राधिकरणको लापर्वाहीका कारण ज्यान गएको स्थानीयले आरोप लगाएका छन् ।
विद्युत प्राधिकरणले एघार सय केभी लाइन बाटोबाट लानु पर्नेमा खेतबारीबाट लगेकाले घर बनाउने क्रममा मजदुरको ज्यान गएको स्थानीय ओमबहादुर डाँगी बताउनुहुन्छ ।
नेपाल विद्युत प्राधिकरण लमही शाखामा हाइटेन्सन लाइन हटाउन पटक–पटक आग्रह गर्दा पनि नहटाउँदा एक जनाले अकालमै ज्यान गुमाउनु परेको यनुकाकुमारी पुनले बताउनुभयो ।
‘घरको छेउबाटै नेपाल विद्युत्त प्रधिकरणले थ्रीफेज हाइटेन्सन लाइन लगेको छ’, पुनले भन्नुभयो, ‘केहीबेर हाइटेन्सन लाइनको विद्युत काटेर हाइटेन्सन लाइनमा प्लाष्टिकको पाइप राख्न आग्रह गरे पनि प्राधिकरण लमही शाखाले सुनुवाइ नगर्दा एक जनाले अकालमै ज्यान गुमाउनु पर्यो ।’
तर नेपाल विद्युत प्रधिकरण लमही शाखा प्रमुख नन्दलाल शर्माले थ्रीफेज हाइटेन्सन लाइन सार्न नमिल्ने बताउनुहुन्छ ।
लमहीको देउपुरमा थ्रीफेज हाइटेन्सन लाइन सार्दा पुराना संरचनाहरु धेरै परिवर्तन गर्नुपर्ने र लाइनमा समस्या आउने भएकाले थ्रिफेज हाइटेन्सन लाइन नसारिएको प्रमुख शर्माले बताउनुभयो । ‘जिल्लाबाट यो लाइनको स्थलगत निरीक्षण पनि भएको हो तर, लाइन सार्न सम्भव नभएको भन्ने रिपोर्ट आएकाले हामीले लाइन नसारेका हौँ’, शर्माले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।