गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
पर्सा – वीरगञ्जमा प्रहरीले गोली चलाएको छ । नियमित जाँचका क्रममा प्रहरीलाई हतियार देखाई भाग्न खोज्नेलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।
नियमित जाँचका क्रममा रहेको वडा प्रहरी कार्यालय श्रीपुरको टोलीमाथि वीरगञ्ज महानगरपालिका–१६ का सन्तोष दासले हतियार देखाएपछि प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो ।
उनको दाया खुट्टामा गोली लागेको छ । उनको साथबाट एउटा पेस्तोल र १७ राउण्ड गोली पनि बरामद भएको छ । घाइते दासको प्रहरी निगरानीमा वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।