सरकारको विरोधमा वक्तव्यमात्रै जारी नगर्नुहाेस्, बहसमै उत्रनुपर्छ : मन्त्री बाँस्काेटा

 भदौ १८, २०७६ बुधबार १७:६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारको विरोधमा वक्तव्यमात्रै जारी नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गर्नु भएको छ । 

मन्त्री बाँस्कोटाले जे राम्रो गर्ने हो त्यसलाई निष्कर्षमा पुर्‍याउन महासंघले विरोधको वक्तव्य नभइ बहसमै उत्रनुपर्ने बताउनु भयो । बुधबार सिंहदरबारमा आफ्नै कार्यकक्षमा पुगेका महासंघका पदाधिकारीसँगको सामूहिक भेटमा उहाँले न्यूनतम पारिश्रमिक लागू गराउन ठूला मिडिया हाउसलाई पुनः सचेत पनि गराउनु भयो । 

उहाँले न्यूनतम पारिश्रमिक लागू गराउन एक वर्षयता पहल गरिरहे पनि त्यसमा सफलता प्राप्त गर्न नसकेकोमा आफू दुखित रहेको बताउनु भयो । मन्त्री बाँस्कोटाले ठूला मिडिया हाउसले न्यूनतम पारिश्रमिक लागू गराउन अटेर गरेकोप्रति आपत्ति जनाउनु भयो ।

मन्त्री बाँस्कोटाले कार्य क्षेत्रमै दूर्घटनामा परेका पत्रकारहरुलाई विशेष व्यवस्था हुनेगरी कानुन बनाउने तयारीमा सरकार रहेको उल्लेख गर्दै त्यसलाई समृद्ध बनाउने विषयमा नेपाल पत्रकार महासंघबाट ठोस प्रस्तावको अपेक्षा गरिएको पनि बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया