हेपाटाइटिस बी नियन्त्रण गरेकोमा नेपाललाई विश्व स्वास्थ्य संगठनकाे प्रमाणपत्र

 भदौ १८, २०७६ बुधबार १८:२१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्व स्वास्थ्य संगठनले नेपाललाई हेपाटाइटिस बी नियन्त्रण गरेको भन्दै प्रमाणपत्र प्रदान गरेकाे छ ।

भारतको नयाँ दिल्लीमा चलेको क्षेत्रीय बैठकमा विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक डाक्टर पुन खेत्रपाल सिंंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

पाँच वर्षमुनिका बालबालिकामा हेपाटाइटिस बीको संक्रमण एक प्रतिशतभन्दा कममा झार्न सफल भएकोमा संगठनले मन्त्री यादवलाई प्रमाणपत्र प्रदान गरेकाे हो । नेपालले यसअघि पोलियो उन्मूलन, मातृशिशु मृत्युदर नियन्त्रण, रुबेला नियन्त्रण, धनुष्टंकार उन्मूलन गर्न सफल हुँदै विश्व स्वास्थ्य संगठनबाट प्रमाणपत्र पाइसकेको छ । 

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया