उज्यालो सहकर्मी भावुक योगीलाई मोबाइलबाट गालीगलौज तथा धम्की

 भदौ १८, २०७६ बुधबार १९:५१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – नेपाल पत्रकार महासंघ बर्दिया शाखाका सचिव, उज्यालोका बर्दिया सहकर्मी एवं रेडियो टाइगर बर्दियाका प्रबन्धक भावुक योगीलाई अपरिचित व्यक्तिको मोबाइल फोनबाट गालीगलौज तथा ज्यान मार्ने धम्की आएको छ ।
 
यही भदौ १५ गते आइतबार राति झण्डै ११ बजेको समयमा नेपाल टेलिकमको नम्बरबाट फोन गरी अपरिचित व्यक्ति आफू पनि ‘पत्रकार हुँ’ भन्दै कमल शाही पाल्पा घर बताउनेले पत्रकार भावुक योगीसँगै उहाँकी पत्नीलाई तथानाम गालीगलौज गरी ‘मार्छु, काट्छु’ भन्दै ज्यान मार्ने धम्की आएको हो ।
 
अश्लील शब्द प्रयोग गरी विभिन्न तवरले मानसिक तनाव तथा यातना दिएको हुनाले  फोन गर्ने व्यक्ति पत्ता लगाई पक्राउ गरी विद्युतीय अपराधअन्तर्गत हदैसम्मको कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा निवेदन पेस गरिएको छ ।
 
फोन गर्ने व्यक्तिसँग कुनै पनि परिचय नभएको पत्रकार योगीले बताउनुभयो ।  फोन गर्ने व्यक्ति पक्राउ नपरुन्जेलसम्म आफू र आफ्नो घरपरिवारको जीउज्यानको सुरक्षा गरिदिनु हुन पत्रकार योगीले पेश गरेको निवेदनमा उल्लेख छ ।

महासंघका सचिव योगीलाई धम्की दिनेलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा ल्याउन जोडदार मागसहित प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसमक्ष आग्रह गरिएको नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया