गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – पूर्व तयारी नहुँदा डेंगुको प्रकोप फैलिएको डाक्टरहरुले बताएका छन् । डेंगु रोगविरुद्धको प्रचार–प्रसार र जनचेतना नपुग्दा पनि रोकथाममा चुनौती बढेको उनीहरुको भनाइ छ ।
डेंगु सार्ने लामखुट्टेको दिनचर्या मानिसको जस्तै हुने भएकाले पनि नियन्त्रणमा थप चुनौती बढेको छ । बिहान मानिससँगै सक्रिय हुने यो लामखुट्टेले बिहान, दिउँसो र बेलुकी टोक्ने सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।
उहाँका अनुसार ७५ प्रतिशत बिरामीमा डेंगुको लक्षण नदेखिने हुँदा पनि प्रकोप फैलिएको छ । ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको टोकाइका कारण डेंगु रोग लाग्छ ।
तर, स्वास्थ्य मन्त्रालयले भने लामखुट्टेको टोकाइबाट सर्ने भएकाले नियन्त्रण गर्न कठिन भएको दाबी गरेको छ । डेंगु रोगविरुद्ध सचेतना अभियान चलाइरहेको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।
काठमाण्डौ उपत्यकासहित ४२ जिल्ला डेंगुको जोखिममा परेका छन् । वर्षाको पानी जम्ने डब्बा, टायर, ड्रम, फुलदानी, गमला, ट्ंयाकी आदिमा डेंगु सार्ने लामखुट्टेले फूल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिएको डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।
डेंगु भएपछि उच्च ज्वरो आउँछ । ज्वरो घटाउन औषधि खानुपर्ने र प्रशस्त मात्रामा झोल पदार्थ खानुपर्ने डाक्टरले बताएका छन् । डेंगु विरुद्धको खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय भएको डाक्टरहरुले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।