गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
कपिलवस्तु – सरकारबाट २ करोडभन्दा बढी अनुदान रकम नपाएका कपिलवस्तुका उखु कृषकहरु आन्दोलित भएका छन् ।
आर्थिक वर्ष २०७१/०७२ मा चिनी मिलमार्फत सरकारबाट पाउनु पर्ने अनुदान रकम अहिलेसम्म पनि नपाएको भन्दै बुधबार कृषकहरुले पूर्व पश्चिम राजमार्गको चन्द्रौटामा प्रदर्शन गरी ४ घण्टा सडक अवरुद्ध पारेका थिए । उखु कृषकहरुले दिउँसो १२ बजेदेखि ४ बजे सम्म यो सडक खण्ड अवरोध गरी धर्ना तथा प्रदर्शन गरेका थिए ।
कृषकहरुले सरकारबाट आर्थिक वर्ष ०७१/०७२ मा पाउनु पर्ने २ करोड ४८ लाख २३ हजार रुपैयाँ अनुदान वापत भुक्तानी पाउन बाँकी रहेको किसान संघका अध्यक्ष अनुप चौधरीले बताउनुभयो । देशभर चिनी मिलमा उखु बिक्री गर्ने कृषकहरुलाई सरकारले प्रति क्विन्टल २५ रुपैयाँ उखु प्रवद्र्धन खर्चवापत भुक्तानी दिने नीति भए यो रकम आफूहरुले ५ वर्ष बितिसक्दा पनि पाउन नसकेको अध्यक्ष चौधरीले बताउनुभयो ।
पटक–पटक रकम मागको पहल गरे पनि सरकारले आफूहरुको समस्याको सुनुवाई नगरेपछि बाध्य भएर आन्दोलित हुनु परेको अध्यक्ष चौधरीले बताउनुभयो । आफ्नो माग पूरा नभए आफूहरु बाध्य भएर अनिश्चितकालीन राजमार्ग ठप्प पार्ने उहाँले चेतावनीसमेत दिनुभयो ।
आर्थिक वर्ष ०७१/०७२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र कृषि मन्त्रालयले पालैपालो अर्थ मन्त्रालय भुक्तानीका लागि पत्राचार गरेको छ, अध्यक्ष चौधरीले भन्नुभयो ‘तर अर्थ मन्त्रालयले हाम्रो रकम भुक्तानीका लागि कुनै चासो देखाएको छैन ।’ कृषकहरुको यो समस्यालाई समाधान गर्न आफूले केन्द्रमा पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।