पूर्व सभासद् डीबी कार्की पक्राउ

 भदौ १९, २०७६ बिहीबार १२:५६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका तत्कालीन एमालेका पूर्व सभासद् डोलबहादुर कार्की (डिबी) पक्राउ परेका छन् । 

केन्द्रीय अनुसन्धान ब्यूरोले कार्कीलाई बिहीबार बिहान सतुंगलबाट पक्राउ गरेको हो ।

सभासद हुँदा ‘प्रहरी निरीक्षक बनाइदिन्छु’ भन्दै विभिन्न व्यक्तिहरुबाट पैसा असुलेको अभियोगमा उनलाई २०६७ सालमा विशेष अदालतले दोषी ठहर गरेको थियो । विशेषको फैसला सर्वोच्चले सदर गरेको थियो ।

०६७ साल भदौमा प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै घुस लिइरहेको अवस्थामा उनी पक्राउ परेका थिए । स्याङ्जाका कार्की तत्कालीन नेकपा एमालेका समानुपातिक सांसद हुन् ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया