प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने

 भदौ १९, २०७६ बिहीबार १४:२३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सिंगापुरमा उपचार गराइरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वेदश फर्किनुहुने भएको छ । 

उहाँ शुक्रबार बिहान ११ बजेर ३५ मिनेटमा नेपाल आइपुग्ने सूचना तथा प्रसारण विभागले जनाएको छ । उपचारका लागि गएको ५ गते सिंगापुर पुग्नुभएका प्रधानमन्त्री ओलीको सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा 'प्लाज्मा फेरेसिस' गरिएको छ । 

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका उपाध्यक्ष वामदेव गौतम र महामन्त्री विष्णु पौडेल पनि सिंगापुर जानुभएको छ । 

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली उपचारको लागि सिंगापुर जानुभएको थियाे । 

अन्तिम अपडेट: फागुन २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया