गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विमलन्द्र निधिले आफ्नो पार्टी देशलाई हिन्दू राज्य नामाकरण गराउने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ ।
पार्टीका महामन्त्री डा. शशांक कोइरालाले हिन्दू राज्यको पक्षमा वकालत गरिरहेका बेला उपसभापति निधिले भने हिन्दू राज्य नामाकरण गराउने पक्षमा आफ्नो पार्टी नरहेको प्रष्टयाउनु भएको हो ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले संविधान निर्माणको नेतृत्वको गरेको आफ्नो पार्टी धर्म निरपेक्ष राज्यको मान्यतालाई स्वीकार गरेर अघि बढिरहेको पनि स्मरण गराउनु भयो ।
उहाँले नेपाली कांग्रेसको चार तारे झण्डाको एउटा मान्यता धार्मिक स्वतन्त्रता भएको र धर्म निरपेक्षता पनि त्यसैको परिपूरक भएकाले कांग्रेस त्यही मान्यतामा अडिग रहेको पनि तर्क गर्नुभयो ।
उपसभापति निधिले राज्यलाई हिन्दू राज्य नामाकरण गराउने मान्यतामा कांग्रेस नरहेको पटक–पटक दोहोर्याउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।