गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
दाङ - तत्कालीन विद्रोही माओवादी र सरकारबीच शान्ति वार्ता भएको हापुरेमा १६ वर्षपछि बिहीबार शान्ति र समृद्धि सम्मेलन सम्पन्न भएको छ ।
१६ वर्षअघि २०६० सालमा तत्कालीन विद्रोही माओवादी र सरकारबीच पहिलो पटक ऐतिहासिक वार्ता भएको बबईको हापुरेमा अहिले शान्ति सम्मेलन भएको हो ।
तत्कालीन वार्ताका मध्यस्थकर्ता दमननाथ ढुङ्गाना, पूर्व शान्तिमन्त्री जनार्दन शर्मा तथा नागरिक अगुवा श्याम श्रेष्ठ सम्मेलनमा प्रमुख वक्ताका रुपमा सहभागी हुनुभएको थियो । कार्यक्रमका प्रमुख वक्ता दमननाथ ढुङ्गानाले बृहत शान्ति सम्झौता भएको कुराको मूल्याङ्कन हुनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा पूर्व शान्तिमन्त्री जनार्दन शर्माले अब रोमाञ्चका लागि बम बारुद आवश्यक नभएको बताउनुभएको थियो । समाजवादको बाटोमा पुग्नका लागि अब हतियार उठाउन जरुरी नरहेको बताउनुभयाे । उहाँले वार्ता सुरु भएको स्थान हापुरेबाट शान्ति वार्तामा आउन विप्लवलाई आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा नागरिक अगुवा श्याम श्रेष्ठले शान्ति स्थापनाका लागि संसारभरका पाँच तत्वमध्ये नेपालमा दुई कुरा मात्रै सफलताको बिन्दुमा पुगेको बताउनुभथयो । उहाँले राजनीति र संरचनामा नेपालमा आमूल परिवर्तन भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा क्रान्ति हुन जरुरी रहेको बताउनुभयाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले सरकारले विरोधका स्वर उठाएका पक्षलाई बन्देजभन्दा वार्ताको माध्यमबाट समस्या समाधानको बाटो खोज्नुपर्ने बताउनुभएको थियो । पोख्रेलले हापुरेले शान्तिको सुरुवात गरेकाले अब दिगो शान्तिको सन्देश पनि हापुरेले दिनुपर्ने बताउनुभएको थियो ।
त्यस्तै तुलसीपुर उममहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले हापुरेलाई अन्तर्राष्ट्रिय शान्ति अध्ययन केन्द्रका रुपमा विकास गर्न प्रस्ताव गर्नुभएको थियो । नेकपा दाङका अध्यक्ष टीकाराम खड्का, शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिहं डाँगी, दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले बोल्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।