गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – शुक्रबार बिहान काठमाण्डौ उपत्यकासहित मध्य र पश्चिमका केही ठाउँमा पानी परिरहेको छ ।
मनसुनी न्यूनचापीय रेखा औसतभन्दा तल रहे पनि सक्रिय भएकाले पानी परिरहेको मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालदेखि बंगालको खाडीसम्म बुझ्नु पर्ने हुन्छ ।
यस्तै, भारतको ओडिशा र पश्चिम बंगाल आसपासमा न्यूनचापीय रेखा बनेकाले केही ठाउँमा सामान्य र केही ठाउँमा मध्यमदेखि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोख्रेलले बताउनुभयो । पानी पर्ने क्रम केहीबेरमा रोकिने र दिउँसो घाम लाग्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।
शुक्रबार राति पनि देशभर नै आशिंकदेखि सामान्य बद्ली हुने र चट्याङसहित पानी पर्ने सम्भावना छ । बिहीबार बेलुकादेखि बेलुकादेखि सोमबार बिहानसम्म काठमाण्डौ उपत्यकामा १३ दशमलव ५ मिलिमिटर पानी परेको छ ।
शनिबारको मौसम पनि यस्तै रहने अनुमान गरिएको मौसमविद् पोख्रेलले बताउनुभयो । वर्षा भइरहेकाले पहाडमा पहिरो र नदीमा पानीको बहाब बढ्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।