गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – भक्तपुरको तेखापुखुमा रहेको मेधा माध्यमिक विद्यालय सामुदायिक विद्यालयतर्फ देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्षिक मूल्याङ्कनमा मेधा मावि देशभरकै उत्कृष्ट सामुदायिक विद्यालय भएको हो ।
विद्यालयलाई ४० औ शिक्षा दिवस तथा ५३ औँ अन्तराष्ट्रिय साक्षतरता दिवसको दिनमा पुरस्कृत गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले १० कक्षाको परीक्षाफल र ९ कक्षाको विद्यार्थी रजिष्ट्रेशनको आधारमा गरेको मूल्याङ्कनमा मेधाले ९० दशमलव १ नम्बर प्राप्त गर्दै गरेको हो ।
त्यस्तै गुल्मीको रेसुङ्गा मावि दोस्रो र काठमाण्डौको बालाजुमा रहेको तरुण मावि तेस्रो भएको छ । संस्थागततर्फ भने काठमाण्डौको कपनमा रहेको रिलायन्स इण्टरनेशनल एकेडेमी पहिलो, काभ्रेको साँगामा रहेको नेपाल प्रहरी मावि दोस्रो र नयाँबानेश्वरको भ्याली भ्यू इङ्लिस स्कुल तेस्रो भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।