गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
रामेछाप– तीन दिनदेखि परेको अविरल वर्षाका कारण लिखु नदीमा आएको बाढीले बिहीबार राति रामेछापको उमाकुण्ड गाउँपालिका– ७ भुजी र ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–१ जोड्ने झोलुङ्गे बगाएको छ ।
खोलाले पुल बगाएपछि पुल भएर ओहोरदोहोर गर्ने मानिसहरु मारमा परेका छन् । त्यही पुल भएर रामेछाप र ओखलढुङ्गातर्फ जाने मानिसहरु ओहोरदोहोर गर्ने गर्दथे ।
पुल बगाएपछि मानिसहरु अहिले लिखु नदी तर्न पुल बगाएको स्थानबाट झण्डै २ घण्टाको पैदल हिँडेर बिमिरे पुलसम्म पुग्नु पर्ने बाध्यता रहेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पुल नहुँदा अहिले स्थानीयहरुलाई सास्ती भएको छ । पुल बगाएको स्थानमा हामीले गाउँपालिकाको कार्यालयबाट इञ्जिनियर पठाएर त्यसको विषयमा अध्ययन गर्ने र छिटोभन्दा छिटो पुल निमार्ण गर्ने गरी प्राविधिक पनि खटाएका छौँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।