गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – सरकारले दशैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर आउँदो भदौ २३ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर यही भदौ २३ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागिएको जानकारी गराएको हो ।
शुक्रबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै विभागमा महानिर्देशक योगेन्द्र गौचनले साल्ट ट्रेडिङ कर्पोरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले एकीकृत रुपमा सुपथ पसल सञ्चालन गर्ने निर्णय गरिएको पनि बताउनुभयो । सुपथ पसल सञ्चालनका लागि सरकारले आवश्यक बजेटको पनि व्यवस्था गरिसकेको छ ।
विभागले यस वर्ष खसी, बोकाको मासुमा प्रतिकेजी १० रुपैयाँका दरले छुट दिने व्यवस्था पनि गरेको छ । त्यसैगरी चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिने व्यवस्था पनि सुपथ पसलहरुमार्फत गर्न लागिएको पनि विभागका महानिर्देशक गौचनले जानकारी दिनुभयो ।
विभागले चाडपर्वका बेला कालाबजारी हुन नदिन बजार अनुगमनको कामलाई तीव्रता दिइएको दाबी पनि गरेको छ । महानिर्देशक गौचनले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन काठमाण्डौ उपत्यकामा अर्को हप्ताबाट ८ वटा टोली परिचालन गर्न लागिएको पनि समितिलाई जानकारी दिनुभयो ।
बैठकमा समितिका सदस्यहरुले बजार अनुगमनको काम गर्न नसकेको भन्दै सरकारको चर्काे आलोचना गरेका थिए । समितिकी सदस्य सुजाता परियारले बजार अनुगमन गर्न नसकेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गर्नुभयो । उहाँले तजमा सिारी किन्दा आफै ठगिएको दृष्टान्त पेश गर्दै त्यसलाई नियन्त्रण गर्न किन प्रभावकारी कदम चाल्न नसकेको ? भनि सरकारलाई प्रश्न गर्नुभयो ।
त्यसैगरी समितिका अर्की सदस्य दिल कुमारीले बजारमा खाद्य बस्तुहरुको मूल्य दोब्बर हुँदा पनि सरकारले ती विक्रेताहरुलाई कारबाही गर्न नसकेको उल्लेख गर्दै आपत्ति जनाउनुभयो । उहाँले बजार अनुगमन गरेर बस्तुको विक्री मूल्य सुपथ बनाउन पनि सरकारलाई सचेत गराउनु भयो ।
समितिका सदस्यहरुले उपभोक्तालाई मारमा पार्ने व्यापारीहरुलाई कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।