वीर अस्पतालमा पनि डेंगी रोगको परीक्षण सुरु

 भदौ २०, २०७६ शुक्रबार १८:२४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – वीर अस्पतालले पनि डेंगी रोगको परीक्षण सुरु गरेको छ ।  परीक्षण गर्ने किट आफै खरिद गरी वीर अस्पतालले शुक्रबारदेखि डेंगी परीक्षण सुरु गरेको हो ।

‘लक्षण लिएर आएका बिरामीलाई शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा रिफर गरेर साध्य नलागेपछि  आफै सेवा सुरु गरेको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताउनुभयो ।  इमरजेन्सी र ओपीडीमा आउने बिरामीको डेंगी परीक्षण हुने व्यवस्था मिलाएको छ  ।

बिरामीको सुविधाका लागि वीर अस्पतालले ५ सय रुपैयाँमा डेंगी किटद्वारा परीक्षणको व्यवस्था गरिएको समेत डाक्टर सेन्चुरीले बताउनुभयो । यस वर्ष गएको ३० वैशाखमा पहिलो पटक धरानमा देखिएको डेंगी नियन्त्रण हुन नसक्दा अहिले यसको प्रकोप देशव्यापी बनेको छ ।

पछिल्ला दिनहरुमा भने यसको बढी प्रभाव काठमाण्डौमा देखा परेको छ ।

पढ्नै पर्ने सामग्री


अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया