गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – मेडिकल कलेजहरुको शुल्क विवादलगायतका विषयमा अध्ययन गर्न गठित संसदीय उपसमितिले चिकित्सा शिक्षा अध्ययन संस्थान(आईओमए)लाई नै कारबाही गर्न सिफारिस गरेको छ ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित उपसमितिले शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी सरकारले तोकेको शुल्कका अलावा थप शुल्क मेडिकल कलेजहरुलाई लिन प्रोत्साहन गर्ने काम गरिएको उल्लेख संस्थानलाई कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिनुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो ।
उपसमितिका संयोजक सुरेशकुमार राईले मेडिकल कलेजहरुलाई थप शुल्क लिन लगाउने गैरकानुनी काममा संलग्न रहेको पाइएकाले संस्थानलाई कारबाही गर्न सरकारलाई निर्देशन दिन सिफारिस गरिएको जानकारी दिनुभयो ।
उपसमितिले काठमाण्डौ विश्वविद्यालयले पनि मन्त्रिपरिषद्को पत्राचार हुँदाहुँदै पनि मेडिकल अध्ययनका लागि अतिरिक्त शुल्क लिएको उल्लेख गर्दै त्यस कार्यमा संलग्न काठमाण्डौ विश्वविद्यालयका तत्कालीन पदाधिकारीलाई पनि कारबाही गर्न सरकारलाई निर्देशन दिनुपर्ने स्पष्ट पारेको छ । सरकारले मेडिकल कलेजहरुमा एमबीबीएस कोर्ष अध्ययनका लागि काठमाण्डौ उपत्यकामा ३८ लाख ५० हजार तथा उपत्यका बाहिरका मेडिकल कलेजका लागि ४२ लाख ४५ हजार शुल्क तोकेका थियो ।
उपसमितिले संवैधानिक व्यवस्थाअनुसार प्रदेशमा प्रदेशस्तरीय विश्वविद्यालयको मातहत रहने गरी चिकित्सा शिक्षाका कलेजहरु स्थापना एवम् सञ्चालनका लागि सम्भाव्यता अध्ययनको काम सुरु गर्न पनि सरकारलाई निर्देशन दिनुपर्ने जनाएको छ ।
उपसमितिका संयोजक राईले समाजवादप्रतिको प्रतिबद्धताअनुसार शिक्षा तथा स्वास्थ्य संस्थाहरुको स्थापना र संचालन गर्नुपर्ने भएकाले त्यो निर्देशन सरकारलाई दिन उपयुक्त हुने बताउन'भयो ।
उपसमितिको प्रतिवेदनमा मापदण्ड पूरा नगरेका मेडिकल कलेजहरु खारेज गर्न पनि भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।