गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
धनुषा - सूचनाको हकलाई वेवास्ता गर्ने प्रदेश २ सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई राष्ट्रिय सूचना आयोगले दुई वटा आदेश पत्र पठाएको छ ।
उज्यालो रेडियाे नेटवर्ककाे धनुषा सहकर्मी शैलेन्द्र महतो ‘क्रान्ति’ले सूचनाको हक प्रयोग गरी अध्ययन एवं समाचार प्रयोजनका लागि मुख्यमन्त्री कार्यालयसँग विभिन्न शीर्षकको सूचना माग गरेकाेमा समयमा सूचना नपाएपछि राष्ट्रिय सूचना आयोगमा गएकाे साउन पहिलो साता २ वटा पुनरावेदन गर्नुभएको थियो ।
तिनै पुनरावेदनमाथि सुनुवाई गर्दै आयोगले मुख्यमन्त्री कार्यालयलाई दुई वटा आदेश पत्र पठाउँदै ७ दिनभित्र माग गरेको सूचना मागकर्तालाई उपलब्ध गराउन र आयोगलाई समेत लेखी पठाउन आदेश दिएको हो ।
आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, सूचना आयुक्तद्वय किरण कुमार पोखरेल र याशोदादेवी तिमिल्सिना संयुक्त आदेशले तोकिएको अवधि भित्र सूचना प्रदान गर्नुको साथै आयोगसमक्ष लिखित जवाफ पेश गर्न र नभए नियमानुसार गरी पेश गर्न समेत मुख्यमन्त्री कार्यालयलाई आदेश गरेको हाे ।
पत्रकार महतोले मुख्यमन्त्री कार्यालयसँग मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा कति रकम खर्च गरेको, मुख्यमन्त्री राहत कोषबाट कसलाई कति रकम उपलब्ध गराएको, बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश सरकारको राहत कोषमा कति रकम संकलन भएको, हावाहुरी पीडितका लागि कति रकम खर्च गरेको लगायत शीर्षकको सूचना माग गर्नुभएको थियो । तर माग गरेकाे सूचना उपलब्ध नगराएपछि उहाँले मुख्यमन्त्री कार्यालय विरुद्ध आयोगमा पुनरावेदन गर्नुभएको थियो ।
प्रदेश २ को मुख्यमन्त्री कार्यालयका कर्मचारीले स्थापनाकालदेखि नै सञ्चारकर्मीले समाचार प्रयोजनका लागि मौखिक तथा लिखित रुपमा माग गरेका सूचना उपलब्ध गराउन आनाकानी गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।