उज्यालोका बर्दिया सहकर्मी योगीलाई फोनबाट धम्की दिने व्यक्ति पक्राउ

 भदौ २०, २०७६ शुक्रबार १९:५५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – उज्यालो रेडियो नेटवर्क तथा उज्यालो अनलाइनका बर्दिया सहकर्मी, नेपाल पत्रकार महासंघ बर्दिया शाखाका सचिव तथा रेडियो टाइगरका प्रबन्धक भावुक योगीलाई ज्यान मार्ने धम्की दिने व्यक्ति सुर्खेतबाट पक्राउ परेका छन् ।

नेपाल टेलिकमको अपरिचित नम्बरबाट पाल्पा घर भएको बताउँदै अश्लील शब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएपछि योगीले जीउज्यानको सुरक्षासहित दोषीलाई पक्राउ गरी कारबाहीको माग गर्दै उजुरी दिनुभएको थियो । फोनमा धम्की दिने व्यक्ति बर्दिया गुलरिया नगरपालिका २, पण्डितपुरका कर्णबहादुर सारु मगर रहेको प्रहरीले जनाएको छ ।

पत्रकार योगीले दिएको उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा धम्की दिने व्यक्ति सुर्खेतमा रहेको पत्ता लागेको थियो । धम्की दिने व्यक्तिलाई प्रहरीले सुक्रवार जिल्ला प्रहरी कार्यालयमा ल्याउन आफन्तलाई भनेपछि आफन्तले शुक्रबार बिहान गुलरिया ल्याएको प्रहरीले जनाएको छ  ।

के कारणले धम्की दिएको भन्ने बारेमा पक्राउ परेका व्यक्तिसँग अनुसन्धान भैरहेको बर्दिया प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले बताउनुभयो ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: फागुन २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया