गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै - त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत एमबीबीएसमा नयाँ भर्नाका लागि शनिबार हुन लागेको प्रवेश परीक्षा स्थगित गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले भोलि हुने आईओएमको परीक्षा स्थगित गर्न अन्तरिम आदेश जारी गरेको हो । चिकित्सा शिक्षा ऐन विपरीत आईओएममा परीक्षा हुन लागेको भन्दै आयुष ओझाले सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।
सर्वोच्चले तत्काल परीक्षा स्थगीत गर्न भनेर आउँदो २५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । चिकित्सा शिक्षा ऐनमा मेडिकल विद्यार्थीलाई ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको भए पनि ऐन कार्यान्वयन नभएको भन्दै मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीले विरोध गर्दै आएका छन् ।
सर्वाेच्चकाे आदेश हेर्नुहाेस्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।