प्रहरीले गाडी धनी कुटेको विषयमा छानबिन गर्न नयाँ समिति गठन

 भदौ २१, २०७६ शनिबार ७:२१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवामा गएको मंगलबार प्रहरीले गाडी धनी कुटेको विषयमा छानबिन गर्न गृह मन्त्रालयले नयाँ छानबिन समिति निर्माण गरेको छ ।

जिल्ला स्तरमा छानबिनका लागि निर्माण भएको समितिमा केही संशोधन गरेर गृह मन्त्रालयले शुक्रबार नयाँँ छानबिन समिति निर्माण गरेको हो । महान्यायाधिवक्ताको कार्यालयका उप–न्यायाधिवक्ता चन्द्रकुमार पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति निर्माण गरिएको हो ।

समितिमा योजना, अनुगमन तथा प्रशासकीय अधिकृत डा.थानेश्वर भुषाल, गोसाइँकुण्ड–२ का वडाध्यक्ष दावा दोर्जे तामाङ, व्यवसायी कामी नुर्पु तामाङ र सहायक प्रजिअ सपनाकुमारी भट्टराईलाई सदस्य बनाइएको छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा मंगलबार दिउँसो प्रहरीले सवारी धनी आशिस तामाङलाई कुटेको भिडियो सार्वजनिक भएको थियो । सवारी धनी कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर श्रेष्ठ र प्रहरी हवल्दार राम बहादुर स्याङतानलाई जिम्मेवारीविहीन बनाएर छानबिन सुरु गरिएको प्रहरी नायब उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले बताउनुभयो ।

समितिलाई सवारी धनी र मजदुरमाथि भएको दुर्व्यवहारबारे छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा दिइएको छ । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया