दूधको मूल्य आजदेखि प्रतिलिटर ७६ रुपैयाँ

 भदौ २१, २०७६ शनिबार ९:३७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले बढाएको दूधको मूल्य शनिबारदेखि लागु भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एक लिटरमा ६ रुपैयाँका दरले बढाएको दूधको मूल्य शनिबारदेखि लागू भएको हो ।

अब एक लिटर दूधको मूल्य ७६ रुपैयाँ पर्ने दुग्ध विकास संस्थान डीडीसीले जनाएको छ । बढेको ६ रुपैयाँमध्ये लिटरमा ४ रूपैयाँ १६ पैसा किसानले र १ रूपैयाँ ८४ पैसा डेरीले पाउने छन् ।

दूधको मूल्यबारे अध्ययन गरी सिफारिस गर्न गठन भएको कार्यदलले कम दूध उत्पादन हुने मौसममा १० रुपैयाँ र धेरै उत्पादन हुने मौसममा ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सुझाव दिए पनि अहिले मन्त्रालयले ६ रुपैँया मात्रै बढाउने निर्णय गरेको हो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया